Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री गाजामा मानवीय सहायता जारी राख्न सहमत


अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गर्नु भएको छ । सो अवसरमा दुवै नेताहरूले गाजामा मानवीय सहायता र राहत सामग्रीको निरन्तर प्रवाह सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भएको छ ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति बाइडेनले नेतन्याहुलाई गाजा र वरपरको क्षेत्रका घटनाक्रमबारे छलफल गर्न सम्पर्क गर्नु भएको हो । छलफलका क्रममा उहाँहरूले गाजा क्षेत्रमा मानवीय सहयोगको निरन्तर प्रवाह हुने कुराको सुनिश्चितता गर्नु भएको छ ।
राष्ट्रपति बाइडेनले हमासद्वारा अक्टोबर ७ मा भएको आतङ्कवादी हमलापछि मानवीय सहायतालाई तीव्रता दिन पहल गर्नु भएको छ । विज्ञप्तिमा भनिएको छ मानवीय सहायताका प्याकेजहरू सहायता सिमाना पार गरी गाजामा पुगेको छ र आवश्यक परेका प्यालेस्टिनीहरूलाई वितरण गरिएको छ।
साथै उहाँले दुई अमेरिकी बन्धकहरूलाई रिहा गर्न इजरायलले गरेको प्रयासको प्रशंसा गर्नु भएको छ । परिवारिक स्रोतका अनुसार उनीहरू दक्षिणी इजरायलको किसान समुदाय नाहाल ओजमा आफन्तहरूलाई भेट्न गएका थिए । आमाको खराब स्वास्थ्यका कारण “मानवीय आधारमा” उनीहरूको रिहा गरिएको थियो।
साथै दुई नेताहरूले हमासद्वारा कब्जामा लिएका अमेरिकी नागरिकहरू सहित बाँकी सबै बन्धकहरूलाई अझ सुरक्षित बनाउने प्रयासहरू बारे छलफल गर्दै गाजाका अन्य नागरिकहरूलाई पनि सुरक्षित मार्ग उपलब्ध गराउने तरिकाबारे विचार आदानप्रदान गर्नु भएको छ । उहाँहरू पछिल्लो घटनाक्रमबारे निकट सम्पर्कमा रहिरहने बताइएको छ ।
इजरायलले गाजा क्षेत्रमा हमास विरुद्ध आक्रमण जारी राखिरहेका बेला १४ ट्रक मानवीय राहतका सामग्रीहरू भरिएको रफाह क्रसिङ हुँदै सोमबार पट्टीमा प्रवेश गरेको सीएनएनले उल्लेख गरेको छ।
यी सहायता ट्रकहरू इजिप्टियन रेड क्रिसेन्ट र संयुक्त राष्ट्रसंघ द्वारा प्रायोजित रहेको बताइएको छ ।
यसै बीच,अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार गाजामा सहायताको आवागमनलाई सहजीकरण गर्ने कुरामा जोड दिनु भएको थियो । उहाँले इजरायल र इजिप्टका सरकारहरूसँग लगनशीलताका साथ काम गरेको उल्लेख गर्नु भएको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, विश्व, शिक्षा, समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!