Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

बेइजिङमा इजराइली दूतावासका कर्मचारीमाथि आक्रमण


शुक्रबार बेइजिङस्थित इजराइली दूतावासका एक कर्मचारीमाथि आक्रमण भएको इजराइलको विदेश मन्त्रालयले जनाएको छ ।

“आज बेइजिङमा इजराइली दूतावासका एक इजराइली कर्मचारीमाथि आक्रमण भएको छ”, दूतावासको परिसरमा आक्रमण नभएको उल्लेख गर्दै विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “ती कर्मचारीको अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर रहेको छ, आक्रमणको कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।”

गत शनिबार आश्चर्यजनक हमलामा हमासका बन्दुकधारीहरूले इजराइलमा एक हजार दुई सयभन्दा बढीको हत्या र करिब एक सय ५० जनालाई बन्धक बनाएपछि दूतावासका कर्मचारीमाथि आक्रमणको घटना भएको छ ।

इजराइलले बदलास्वरूप गाजापट्टीमा हमासका लक्ष्यहरूमा हवाई आक्रमणसँगै तोप वर्षाएर एक हजार तीन सय ५० भन्दा बढीलाई मारेको छ ।

हमासले इजराइली र यहुदीमाथि हमला गर्नका लागि विश्वभरका आफ्ना समर्थकहरूसँग शुक्रबार ‘क्रोध दिवस’ मनाउन आह्वान गरेको इजराइली विदेश मन्त्रालयले वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा चेतावनी दिएको छ ।

“विभिन्न देशमा विरोधका घटनाहरू हिंसात्मक बन्न सक्छन् भन्ने अनुमान गर्नु उचित छ”, विज्ञप्तिमा भनिएको छ । शुक्रबार अपराह्न उत्तरपूर्वी बेइजिङको एक कूटनीतिक छिमेकमा रहेको इजराइली दूतावास सामान्यरूपमा सञ्चालन भएको देखिएको एएफपीका एक पत्रकारले बताए ।

सुरक्षाकर्मीहरूले उक्त क्षेत्र नखिच्न एएफपीलाई आग्रह गरेका थिए । बाहिरबाट त्यहाँ कुने निगरानी भइरहेको देखिएको थिएन । उक्त घटनाबारे चीनको विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!