Techie IT
  • १० असोज २०८१, बिहीबार
Nepal Gyan

दशैं बिदा सदुपयोगका लागि टुङ्ना र श्याब्रु नृत्य तालिम आयोजना


हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले एकमहिने शेर्पा श्याब्रु तथा टुङ्नाको आधारभूत तालिम दिने भएको छ।

नेपालीहरुको महान चाड दशैं र तिहारमा देशभर सरकारले बिदा दिने भएकोले सो समयभित्र काठमाडौं उपत्यकाभित्र बसोबास तथा अध्ध्यन गर्ने शेर्पा विद्यार्थीहरुलाई लक्षित गरि विशेष छुटमा तालिम आयोजना गर्न लागिएको हो।

आउँदो कार्तिक १ गतेबाट सुरु भई कार्तिक ३० गतेसम्म चल्ने तालिम केन्द्रले आफ्नै कार्यालय बौद्ध टुसालमा दिन लागिएको छ । तालिममा सहभागी हुनको लागि टुङ्नातर्फ प्रतिव्यक्ति ३ हजार रुपैयाँ र श्याब्रु नृत्य तालिमको लागि प्रतिव्यक्ति १ हजार शुल्क तोकिएको छ।

दशैं तिहारमा दिने बिदाको समयलाई सदुपयोग गर्नको लागि आयोजना गर्न लागिएको तालिममा टुङ्ना प्रशिक्षकको रुपमा ङवाङ शेर्पा छन् भने श्याब्रु नृत्य तालिमको लागि छम्जी शेर्पा र रिन्जी ल्हामु शेर्पा प्रशिक्षक रहनेछन् ।

तालिममा विद्यार्थीबाहेक अभिभावकहरुले पनि सहभागी हुन पाउने कुरा सुचनामा उल्लेख छ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!