Techie IT
  • १० असोज २०८१, बिहीबार
Nepal Gyan

कर्तव्य ज्यान मुद्दाका आरोपी १९ वर्षपछि पक्राउ


कर्तव्य ज्यान मुद्दामा फरार आरोपी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२८ मेघौलीका ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईं रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डित जानकारी दिनुभयो । उनलाई प्रहरीले सोमबार नवलपरासीको बर्दघाट सुस्ता पश्चिमबाट पक्राउ गरेको हो ।

प्रनाउ पण्डितका अनुसार चापागाईंले विसं २०६१ मङ्सिर १४ गते भरतपुर महानगरपालिका–७ की मनकुमारी वाग्लेको घरमा गई सुतेको अवस्थामा बाँसको लौरो र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गरेका थिए ।

“वाग्लेको हत्या गरी कानमा लगाएको गरगहना लुटेर उनी फरार भएका थिए । उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटाैँडाको विशेष सूचनाका आधारमा बर्दघाट–४ स्थित शिव मन्दिरमा भेष बदलेर साधुका रुपमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो”, उहाँले भन्नुभयो । चापागाईं पक्राउ परेसँगै थप अनुसन्धान सुरु गरिएको प्रनाउ पण्डितले बताउनुभयो ।

चितवन, २४ असोज

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!