Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

श्रीमानको हत्यारालाई दिएको आममाफी विरुद्द श्रीमती भारतीले सुरु गरिन् रिले अनसन


श्रीमान चेतन मानन्धरको हत्यारा ` रिगल´ भनिने योगराज ढकाललाई दिएको आममाफीविरुद्द मृतककी श्रीमती भारती मानन्धरले बुधबारबाट माइतीघरमा रिले अनसन सुरु गरेकी छिन् ।

२०७२ असारमा दुईतर्फी झडपमा पर्दा रिगलले चेतनको झुँडा हानेर हत्या गरेका थिए। २०७३ सालमा अदालतमा आत्मसमर्पण गरि आजीवन जेल जीवन बिताइरहेका रिगललाई संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्र्पतीले आममाफी दिएका थिए। अदालतले २० बर्ष जेल सजाय तोकेको भएपनी करिब ९ बर्ष जेल सजाय काट्दै गर्दा उनलाई सरकारले आममाफी दिएको हो।

सरकारले संविधान दिवसको अवसरमा रिगलसहित ६७० जनालाई आममाफी दिने निर्णय गरेका छन् । नेपालगन्जमा दिनदहाडै मानिसको हत्या गरि आजीवन सजाय भोगिरहेका हत्यारालाई आममाफी दिएको विषयमा सर्वत्र सरकारको विरोध भैरहेको छ।


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!