Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

सरकारले गरेको मूल्यवृद्धि फिर्ता नगरे कडा प्रतिवादमा उत्रिने नेविसंघको चेतावनी


 

 

नेपाली कांग्रेस निकट भातृसङठन नेपाल विद्यार्थी संघले सरकारले चाडवाडको मुखमा गरेको मूल्य वृद्धि तुरुन्त फिर्ता गर्न अनुरोध गरेको छ।

सरकारले चाडबाड नजिकिदै गर्दा पेट्रोलियम पदार्थ र इन्धनलगायतको मूल्य बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता नगरे कडा प्रतिवादमा उत्रिने चेतावनीसमेत दिएको छ।

सरकारले भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थ र इन्धनको मूल्य बढेर आएको भन्दै पेट्रोल, मट्टीतेल , डिजेल तथा खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको थियो।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा/ मट्टीतेल प्रतिलिटर रु. २.००, डिजेल प्रतिलिटर रु. ६.०० तथा हवाइ इन्धन( आन्तरिक) मा रु. ८.०० र खाना पकाउने एल. पी.ग्यासमा रु. २१५.०० ले वृद्धि गरिएको हो।

प्रत्येक १५ दिनमा मूल्यसूची परिवर्तन भएर आउने पेट्रोलियम पदार्थ र इन्धनको मूल्यमा पछिल्लो समय थप वृद्धि हुँदै गएको छ। नेपालीहरुको महान चाड बडा दशैं नजिकिदै गर्दा खाद्यान्न लगायत थुप्रै वस्तुहरुको मूल्य दिनानुदिन बढ्दै गएको छ। पेट्रोलियम पदार्थ, इन्धन र खाद्यान्नमा भएको वृद्धिको विषयलाई लिएर सर्वत्र विरोध भईरहेको अवस्थामा नेपाल विद्यार्थी संघले पनि एक्यवद्धता जनाउदै अस्वभाविकरुपमा भएको मूल्यवृद्दि फिर्ता गर्न माग गर्दै सरकारको विरुद्धमा आवाज उठाउन बाध्य हुने चेतावनी दिएको छ

काठमाडौं, असोज १४:

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : अर्थ, राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!