Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

शिक्षकहरुले रोके आन्दोलन, सरकारसङ्ग के सहमती भयो..


आन्दोलनरत राहत शिक्षक तथा  बाल शिक्षक र सरकारबीच आज सहमती भएको छ। मन्त्रालयमा आज  दिउँसो बसेको बैठकमा राहत शिक्षक र सरकारपक्षबीछ सहमती भएको हो।

बैठकमा शिक्षामन्त्री अशोक राई, शिक्षा राज्यमन्त्री प्रमिला कुमारी र शिक्षा सचिव सुरेश अधिकारी र नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत थिए।

बैठकमा शिक्षा विधेयकलाई संशोधन गर्ने भनी सहमती भएको छ।दुवै पक्षको सहमती भएसङ्गै शिक्षकहरुले आफुनो आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ। संसदमा पेस भएको विद्द्यालय शिक्षा विधयेकलाई लिएर  शिक्षकहरु आन्दोलित थिए।

गत शुक्रवार नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सम्पन्न भएपछी थुप्रै स्थायी शिक्षकहरु पठनपाठनमा फर्केका थिए भने राहत शिक्षकहरुले भने आफुहरुको माग राज्यले सम्बोधन नगरेको र शिक्षक महासंघले आफुहरुलाई धोका दिएको भन्दै आन्दोलन जारी राखेको थियो।

आन्दोलनको क्रममा प्रहरी र शिक्षकबीच झडप हुँदा थुप्रै शिक्षकहरु घाइते भएका छन् । आन्दोलनको १ सातापछि आज दुवै पक्ष सहमत भई सबै आन्दोलन स्थगित गरेर शिक्षकहरु आफ्नो काममा फर्कने भएका छन् ।

 

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!