Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

मणिपाल अस्पताल र मृतक परिवारबीच छ बुँदे सहमती, आजैबाट चिकित्सकहरुको आन्दोलन स्थगित


उपचारको क्रममा मृत्यु भएकी लमजुङ सुन्दरबजारकी ५७ बर्षीय सुकुमाया दुराको  परिवार र मणिपाल अस्पतालबीच छ बुँदे सहमती भएको छ।

गत असोज ८ गते स्वासप्रश्वास र ढाँडमा समस्या आएपछी मणिपाल अस्पतालमा  भर्ना भएकी सुकुमायाको उपचारको क्रममा मृत्यु भएपछि उनकी आफन्तहरुले चिकित्सकहरुको लापरबाहीले मृत्यु भएको भन्दै त्यस अस्पतालमा कार्यरत चिकित्सकमाथी हातपात र आक्रमण गरेका थिए। त्यसपछी मृतक परिवार र चिकित्सकहरु सबै आन्दोलनका लागि सडकमा छन् ।

अस्पतालमा चिकित्सक कुटिएपछी काठमाडौंको माइतीघर – बानेश्वर सडकमा हजारौ चिकित्सकहरु गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजिनामा माग्दै आन्दोलन गरिरहेकोमा आजमात्र सहमती भएको छ।

सहमतीपत्रमा  सुकुमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लाको सुन्दर बजार क्षेत्रभित्र मृत्यु भएको मिति पारेर प्रत्येक बर्षको १ पटक गरि १० बर्षसम्म विशिष्ट चिकित्सकहरुबाट निशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने लगायत अल्पसंख्यक दुरा जातिको उपचारको लागि वडा कार्यालयबाट गरिब तथा बिपन्न भनी प्रमाणित गरेको अवस्थामा बिरामीको उपचारमा छुट तथा नि:शुल्क गर्ने सहमति भएको छ।

सहमतीसङ्गै मृतकका आफन्त र चिकित्सकहरुको सबै आन्दोलन आजबाट स्थगन गर्ने सहमती पत्रमा उल्लेख छ।


क्याटेगोरी : राजनीति, समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!