Techie IT
  • ११ असोज २०८१, शुक्रबार
Nepal Gyan

महाकुलुङमा फेरि भालुले लियो अर्को ज्यान


सोलुखुम्बुको महाकुलुङ्मा  भालुको आक्रमणबाट फेरि एकजनाको मृत्यु भएको छ।
महाकुलुङ गाउँपालिका २ का स्थानीय जसधन कुलुङलाई हालुमोउ भन्ने ठाउँमा भालुले आक्रमण गरेको थियो।
गत साता भालुकै आक्रमणमा परि महालुकुङ १ का पेम्बा ओङ्छु शेर्पाको उपचारको क्रममा मृत्यु भएको थियो।
जिल्लाको माथिल्लो भेगमा मकै पाक्ने समयमा यसरी नै सधै भालुले भौतिक तथा मानवीय क्षती गर्ने गरेको छ।विशेषत बर्षाको समयमा भालुको  बिगबिगी हुने त्यस क्षेत्रमा भौतिक, मानवीय तथा पशुजनको समेत क्षती गर्ने गरेको छ।

मकालु वरुण राष्ट्रिय निकुञ्जअन्तर्गतको यस क्षेत्रमा दशकौदेखि किसानहरुले लगाएको बाली रातको समयमा आएर खाइदिनेलगायत पछिल्लो समयमा मानिसको ज्यान नै लिएको घटनालाई लिएर  स्थानीयहरुले  राष्ट्रिय निकुञ्ज र स्थानीय सरकारको ध्यानाकर्षण  गरिसकेको छ।

यद्यपि हालसम्म भालु नियन्त्रण हुन सकेको छैन न त भालुको आतंक नै रोकियो। राष्ट्रिय निकुञ्जले भालु नियन्त्रण भन्दै वन्यजन्तु आरक्षअन्तर्गतका सेनाहरु माथिल्लो भेगमा पठाई रातको समयमा गस्ती गरिरहेको भएपनी भालुले भने धनजनको क्षती दिनहुुँ गरिरहेको छ।
स्थानीय पीडितहरुले यस अघि भालु नियन्त्रण गरिदिन पटकपटक अनुरोध गरेतापनी राष्ट्रिय निकुञ्जले भने भालु नियन्त्रण आफैले गर्ने भन्दै सेना खटाएको थियो। तर रातमा सेनाले गस्ती गरेको ठाउँमा भालु नआउने र अन्यत्र क्षती गर्ने गरेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!