Techie IT
  • ११ असोज २०८१, शुक्रबार
Nepal Gyan

पोखरीमा डुबेर बैंकरको मृत्यु


 

चितवनमा नुहाउने क्रममा एकजना युवकको डुबेर ज्यान गएको छ ।

जिल्लाको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा ३५ बर्षीय विजय तिमल्सिना मृत्यु भएको हो। उनी भरतपुर महानगरपालिकास्थित नेपाल एसबीआई बैंकमा कार्यरत हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरुसङ्ग घुम्न गएका तिमल्सिनाको नुहाउने क्रममा डुबेर ज्यान गएको हो। नुहाउदा नुहाउदै बेपत्ता भएका उनको शव शनिबार साँझ भेटिएको थियो।

चितवन, ७ असोजः

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!