Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर


सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख मागदाबीसहित आइतबार बिशेष अदालतमा मुद्दा दायर भएको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन् ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी , तत्कालीन लेखापाल जीवन सुवेदी र वडा न. २ का तत्कालीन वडाअध्यक्ष रमेशकुमार बस्नेतविरुद्द मुद्दा दायर भएको हो । वडा कार्यालयको भवन निर्माणका लागि जग्गा खरिदको क्रममा अनियमितता गरेको भनि उजुरी परेपछी अख्तियारले मुद्दा दायर गरेको हो।

अनुसन्धानको गर्दै जाँदा तत्कालीन वडा अध्यक्ष रमेशकुमार बस्नेतले कार्यालय निर्माणका लागि निशुल्क पाएको जग्गालाई खरिद गरेको भन्दै नगद ६ लाख लिएको खुलेको छ।उनले भुक्तानीका लागि गाउँपालिकामा पेश गरी अधिकृत भण्डारी र लेखापाल सुवेदीले जग्गा खरिद गरेको भनी झुट्टा व्यहोरा उल्लेख गरी ६ लाख रुपैयाँ दिएको खुलेको हो। दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदा समेत उनीहरूले दिन नमिल्ने रकम भुक्तानी गरेको अख्तियारको ठहर छ । यसरी उनीहरूले भ्रष्टाचार गरेको भन्दै बिगो रकम कायम गरी सजायको मागदाबी गरेको छ ।


क्याटेगोरी : राजनीति, विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!