Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

२ किलोमिटर सडकको लागि ८ बर्षमा ७ पटक म्याद थप


गुल्मीमा साढे २ किलोमिटर सडक कालोपत्रे गर्न ७ पटक म्याद थपिएको छ।

गुल्मीको तम्घास खाम्सेपानी अन्तर्गतको सुपाखोलासम्मको साढे २ किलोमीटर सडक ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण अलपत्र परेको छ। १० महिनामा काम सम्पन्न गर्ने सम्झौता भएपनी हालसम्म कामले गति लिएको छैन।

ठेकेदार कम्पनीले सडकमा निर्माण सामाग्री थुपारिएको छ  भने काम सुरु गरेको छैन। सडक कालोपत्रे नहुदा बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडक हुँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय मुमाराम पाण्डेले बताए। `समयमा काम नहुदा महँगो भाडा तिर्नुपरेको छ´ । उनले भने।
स्थानीयहरुले चाँडो काम सम्पन्न गर्न अनुरोध गर्दै रेसुङ्ग नगरपालिकामा समेत निवेदन बुझाएका छन् तर हालसम्म कुनै सुनुवाइ भएको छैन।ठेकेदार कम्पनीले विभिन्न बहानाबाजि गर्दै सडकको काम झन लम्ब्याएको छ। ।

उक्त कम्पनीले  साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने ७ करोड १९ लाख ८७ हजार ७० रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो। २०७२ चैत्र ३० गते काम सक्ने गरेर २०७१ असार ३१ गते लोहनी एण्ड बोर्दस् प्रालि चितवनले कार्यालय सँग सम्झौता गरेको थियो। निर्माण कम्पनीले ८ वर्षमा ७ पटकसम्म म्याद थपे पनि सडक कालोपत्रे हुन सकेको छैन। हालसम्म सडकको भौतिक प्रगति ९० प्रतिशत, वित्तीय प्रगति ७६ प्रतिशत भएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ।

सडकले २०८० जेठ २ गतेसम्म ७ पटक म्याद थपिसकेको भएपनी अहिलेसम्म काम सम्पन्न भएको छैन। ८ बर्ष बितिसक्दा  ग्राबेल र नालीको काममात्र भएको छ तर कालोपत्रे भएको छैन। निर्माण कम्पनीलाई सडक पूर्वाधार विकास कार्यालयले ७ पटकसम्ममा काम सकाउन पत्राचार गरेको छ। ठेकेदारले काममा ढिलासुस्ती गरेपछि कार्यालले रकम समेत निकासा दिएको छैन।


क्याटेगोरी : राजनीति, विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!