Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

बर्दिया कारागारबाट कैदी फरार


बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट  हामफाली फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।

विसं २०७१ मा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । उनी कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय काटिरहेका थिए ।

 

बर्दिया, १७ भदौ :

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, विविध, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!