८ बर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका
भूकम्प गएको ८ बर्षपछि सिन्धुपाल्चोकको उत्तरी तातोपानी नाका सर्वसाधारणका लागि खुल्ला गरिदै छ। आज शुक्रबार ( सेप्टेम्बर १ ) बाट सो नाका खुल्ला गर्न लागेको हो।
नाका खोल्नका लागि अहिले चिनियाँ र नेपाली दुवैतर्फका अधिकारीसहित थुप्रै मानिस नाका क्षेत्रमा जम्मा भएका छन् ।
नाका खोल्ने भएपछि यतिखेर सो नाकामा पर्ने मितेरी पुलको वरिपरि बाटो फराकिलो बनाउने र बाटो सहज बनाउन विभिन्न स्काभेटर र मेसिनहरुले काम गरिरहेको छ। सिमा पारी र वारि आवातजावतका लागि दुवैतर्फ धमाधम काम हुँदै छ।
२०७२ साल बैशाख १२ गते गएको महाभूकम्पपछि बन्द भएको सो नाका २०७६ जेठ १५ गते सामान आयातको लागि एकतर्फी र गत बैशाख १८ मा निर्यातको लागि खुलेको थियो।
बन्द भएको ८ बर्षपछि नाका खुल्दा त्यस क्षेत्रबाट सामान आयात निर्यात गर्ने व्यापारीहरुको लागि खुसीको दिन बनेको छ।
तातोपानी नाका नेपाल चीन व्यापारको प्रमुख नाका हो। विगतमा दैनिक करोडौंको सामान सो नाका हुँदै नेपाल आउने गरेकोमा भूकम्पपछि भने खुल्दै बन्द हुँदै गरेको अवस्था छ।
भूकम्पअघि बार्षिक ३० हजारबढी चिनियाँ पर्यटक सो नाका हुँदै नेपाल आउने गर्थे ।नाका बन्द भएसङ्गै सिमापारीको खासा र वारि तातोपानी क्षेत्र पुरै सुनसान नै भयो।
दुवै देशको संयुक्त प्रयासमा नाका खुल्ने भएपछि सो नाकाबाट अब दुवै तर्फका मानिस सहजै आवातजावत गर्न पाउनेछन् । नाका खुल्ने भएपछी नेपालको उत्तरी छिमेकी चीनबाट पर्यटकहरु नेपाल घुम्न आउन सजिलो भएको छ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया