Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

जेलभित्रै भयो महिलामाथी जबर्जस्ती करणी


कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेकी एक महिलामाथी मुद्दा मिलाइदिने र जागिर लगाइदिने भन्दै प्रलोभन देखाएर प्रहरी कार्यालयभित्रै जबर्जस्ति करणी भएको खुलेको छ।
सप्तरीस्थित इलाका कार्यालय कंचनपुरको हिरासतमा रहेकी महिलालाई त्यहाँका प्रहरीले नै जबर्जस्ति करणी गरि घटना लुकाएको पाइएको छ।

२०७९ कार्तिक ०६ मा पतिको हत्या आरोपमा ती महिलासहित ३ जनालाई गएको चैत्र ४ मा पक्राउ गरेको थियो। पक्राउ गरि हिरासतमा राखेकै दुई दिनपछी चैत्र ६ गते राती इलाका प्रहरी कार्यालयका डीएसपी दिपककुमार रायले आफुलाई जबर्जस्तिकरणी गरेको उनको आरोप छ।

बैशाख ११ मा प्रहरी हिरासतबाट उनलाई जिल्ला कारागार सप्तरीमा पुर्पक्षका लागि थुनामा पठाएको थियो।
थुनामा पुगेकै भोलिपल्ट १२ गते अचानक पेट दुखेर उनलाई गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको थियो। यसैबीच हिंसामा परेका पीडितको उद्धार, उपचार, मनोपरामर्श र कानुनी उपचारको पहल गर्नका लागि अस्पतालभित्र स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्रमा ती महिलाले आफूमाथि प्रहरी कार्यालयभित्रै बलात्कार भएको बयानसमेत लेखाएकी थिइन् ।

पीडितका अनुसार थुनामा रहेका बेला चैत ६ गते राति १२ बजे हाकिम साहेबले बोलाउनुभएको छ भन्दै एक प्रहरीले उनलाई डीएसपीको कोठामा लगेका थिए । सप्तरी जिल्ला कारागारमा रहेकी ती महिलाले आफूलाई कुटपिट गरी निर्वस्त्र पारेर जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् । उनका अनुसार यस्तो क्रम दोस्रो पटक पनि भएको थियो । डीएसपीले मुद्दाबाट मुक्त गराएर जागिरसमेत लगाइदिने प्रलोभन दिएको उनले बताइन् । ‘करणीपश्चात् यो कुरा बाहिर ल्याए २० वर्षसम्म जेलमा सडाइदिने धम्की दिने र नभने मुद्दाबाट मुक्त गराई जागिरसमेत लगाइदिने प्रलोभन दियो,’ सप्तरी कारागारमा रहेकी उनले शुक्रबार कान्तिपुरसँग भनिन्, ‘प्रहरी कार्यालयमा मेरो अस्मिता लुटिँदा पनि कसैलाई भन्ने अवस्था थिएन । उक्त घटनापछि म मानसिक तनावमा छु ।’

घटनाको पाँच महिनापछि पीडित महिलाका कानुन व्यवसायी र परिवार बिहीबार इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी र एक असईविरुद्ध जबर्जस्ती करणी आरोपको जाहेरी लिएर जिल्ला प्रहरी सप्तरी पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता नगरी उनीहरूलाई फर्काइदिएको छ । घटनाका आरोपी इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपककुमार रायले आफूमाथि लागेको आरोप निराधार भएको दाबी गरे । अहिले तालिममा रहेको बताउँदै उनले फोन सम्पर्कमा भने, ‘हामी आफैं कानुन कार्यान्वयन गर्ने मान्छे, कहाँ त्यस्तो गर्न मिल्छ ?’ सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले उजुरी आएको स्विकार्दै आन्तरिक रूपमा छानबिन भइरहेको र त्यसपछि मात्र दर्ताका विषयमा केही हुने बताए ।


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!