Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

बैतडीमा नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी


बैतडी जिल्लामा नागरिकता भन्दा राहदानी बनाउनेको संख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालको तथ्यांकलाई हेर्दा नागरिकता भन्दा राहदानी बनाउनेहरुको सङ्ख्या धेरै देखिएको हो।

गत आर्थिक वर्ष २०७९/८० को तथ्यांकलाई हेर्दा छ हजार तीन  सय ३८ जनाले नागरिकता बनाएको देखिन्छ। जसमा तीन हजार तीन सय ९६ पुरुष र दुई हजार नौ सय ४२ महिला छन् । जसमध्ये १२ जनाले वैवाहिक अङ्गिकृत नागरिकता बनाएको र ५ जनाले नेपालीले नागरिकता त्याग गरेको बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी  सुरेश पन्थीले बताएका छन् ।

त्यसैगरी आर्थिक बर्ष २०७८/७९ मा आठ हजार पाँच सय १४ जनाले नागरिकता लिएकोमा चार हजार दुई सय ५७ पुरुष र चार हजार दुई सय ५७ महिलाले नागरिकता लिएको देखिन्छ। त्यस्तै २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् भने ४ जना नेपालीले नागरिकता परित्याग गरेको छ।

आर्थिक बर्ष २०७७/७८ मा पाँच हजार पाँच सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ जनाले नागरिकता परित्याग गरेका थिए।

यसैबीच जिल्लामा राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ। आर्थिक बर्ष २०८९/८० मा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार छ सय ८० जनाले राहदानी लिएका छन् । जसमा दुई हजार चार सय ९६ पुरुष र एक सय ८४ महिला छन् ।

त्यस्तै आर्थिक वर्ष  २०७८/७९ मा छ  सय २२ जनालाई राहदानी वितरण गरिएको छ। जस्मा पाँच सय ३५ र ६४ महिला छन् । यस्का साथै द्रुत सेवाका लागि आठ सय ६ जनाले राहदानीको सिफारिस गरेको पाइएको छ।

आर्थिक बर्ष  २०७७/७८ मा तीन सय ९२ जनालाई राहदानी वितरण गरिएकोमा चार सय ३१ जनाले द्रुत सेवाका लागि सिफारिस गरेका छन् ।


क्याटेगोरी : राजनीति, विविध, समाचार, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!