दुई दिनपछी समितिले तोक्यो प्याजको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुईदिनपछि प्याजको मूल्य तोकेको छ।
सोमबारदेखी बढेको प्याजको मूल्य समितिले दैनिकरुपमा सार्वजनिक गर्ने मूल्यसुचीबाट हटाएको थियो भने, आज पुनः दुई दिनपछि समितिले सार्वजनिकरुपमा दैनिक मूल्यसुचीमा प्याजको मूल्य तोकेको हो।
गत आइतबारसम्म रु. ६१ प्रतिकेजी रहेकोमा सोमबार बढाएर न्युनतम ७५ र अधिकतम ८० कायम गरिएको थियो।
बजारमा प्याज सकिएपछी समितिले प्याजको दैनिक मूल्यसुची हटाएकोमा दुई दिनपछि कायम गरिएको हो।
समितिले आज तोकेको मूल्यानुसार भारतीय सुकेको प्याजको न्युनतम मूल्य रु ७५ र अधिकतम ८० तोकेको छ। भारतले प्याज निर्यातमा ४० प्रतिशत महशुल लगाएपछि व्यापारीहरुले प्याज ल्याउन रोकेका थिए।
प्याजको मूल्य तोकिएसङ्गै आजबाट कालीमाटीमा प्याजको आयात सुरु भएको समितिका कार्यकारी निर्देशक डाल प्रसाद पुडासैनीले बताए।
रोकिएको प्याजको आयात आजबाट खुला भएको छ |
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : कृषि, समाचार, समाज
प्रतिक्रिया