Techie IT
  • ११ असोज २०८१, शुक्रबार
Nepal Gyan

माथिल्लो भोटेकोशी जलबिधुत सेयर को सम्बन्धमा वडा अध्यक्ष लगायत पूर्व माननिय शेर बहादुर तामाङ सहित को टोली नेपाल बिधुत प्राधिकरणमा l


६ भदौ , काठमान्डौ,

सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका मा संचालन मा रहेको ४५ मेगावाट को माथिल्लो भोटेकोशी जलबिधुत आयोजनाले स्थानीय लाइ दिनुपर्ने १०% सेयर को सम्बन्धमा आज भोटेकोशी गाउँपालिका  वडा नं ३ र ४ का वडा अध्यक्ष लगायत पूर्व माननिय शेर बहादुर तामाङ सहित को टोली नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ संग नेपाल बिधुत प्राधिकरणमा बैठक बसि भोटेकोशीका स्थानीयहरुलाई यथाशिग्र शेयर उपलब्ध गराउने लगायत बिधुत नियमावली, स्थानिय अधिकार, सामाजिक उत्तरदायीत्व जस्ता बिषयमा गहन रुपमा छलफल गरिएको छ । छलफलमा नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देषकले स्थानियले १० % पाउने शेयर राज्यको नितीमा प्रष्ट भएको थप प्रकास पार्नुका साथै शेयर लिन कत्ती पनि ढिला गर्न नहुने जानकारी गर्नुभयो । बैठकमा प्रत्यक्ष प्रभाबित दुबै वडाका वडा अधयक्ष बाट नेपाल बिधुत प्राधिकरणलाई जनताको हक अधिकार बारे प्रकास पारिदिनुहुन अनुरोध सहित भोटेकोशी हाईड्रो बारे बिगत देखि हाल सम्मका सम्झौता लगायत सम्पुर्ण कागजात सहितको प्रतिवेदन हस्तानान्तरण गरिएको  छ ।

छलफलका क्रममा वडा नं ३ का वडा अधयक्ष निमा सोना शेर्पाले विगत जे भएपनि भोटेकोशी गाउँपालिका जनप्रतिनिधि त्यहाको स्थानीयको हक अधिकारको सबालमा कुनै सम्झौता नगरि छिटो भन्दा छिटो शेयर दिलाउन लागिपर्ने कुरा जानकारि गर्दै नेपाल विधुत प्राधिकरणबाट प्रतक्ष सहयोगको अपेक्षा गरेको कुरा जानकारी गरेको छ । साथै आजको छलफलले शेयर पाउनुपर्ने मागलाई मुर्त रुप दिदै अगाडी बड्न साथ दिने प्रतिबद्धता पुर्ब माननिय शेर बहादुर तामाङले राख्नु भयो।


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!