Techie IT
  • ११ असोज २०८१, शुक्रबार
Nepal Gyan

सल्यानमा सवारी दुर्घटनामा दुईको मृत्यु


रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।

दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई उपचारका लागि कोहलपुर रेफर गर्ने तयारी रहेको छ । अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताउनुभयो ।

लु २ ख ५७३१ नम्बरको यात्रुवाहक हाइस सल्यानको कपुरकोटमा दुर्घटना भएको हो । कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै दिउँसो ३ बजेतिर दुर्घटनामा परेको हो ।

तुलसीपुर (दाङ), ४ भदौ:

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!