Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

झण्डै एक लाख श्रीलङ्काली खडेरीको चपेटामा


पचास हजारभन्दा बढी श्रीलङ्काली परिवार खडेरीको चपेटामा परेका छन् ।

श्रीलङ्काका नौ प्रान्तमध्ये आठ प्रान्तका ५० हजारभन्दा बढी परिवार खडेरीको चपेटामा परेका विपद् व्यवस्थापन केन्द्र ९डिएमसी० ले जनाएको छ ।

डिएमसीले आज सार्वजनिक गरेको आफ्नो पछिल्लो प्रतिवेदनमा सुक्खा मौसमका कारण खानेपानीको अभावमा एक लाख ८० हजारभन्दा बढी प्रभावित भएका उल्लेख गरिएको छ । सुक्खाबाट उत्तरी र पूर्वी प्रदेश सबैभन्दा बढी प्रभावित भएका छन् ।

यसअघि कृषिमन्त्री महिन्दा अमरवीराले खडेरीका कारण ३७ हजार एकड धान खेती नष्ट भएको बताएका थिए । कृषकलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै कृषि अधिकारीहरूले क्षतिको मूल्याङ्कन गरिरहेका छन् ।

श्रीलङ्काको मौसम विज्ञान विभागका अनुसार दक्षिणपश्चिम मनसुन असफलताका कारण सुक्खा मौसम सेप्टेम्बरको अन्त्यसम्म जारी रहनेछ ।
–––

#nepalgyan #news #kathmandu #nepal

 


क्याटेगोरी : राजनीति, विश्व, शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!