Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

ललिता निवास प्रकरणमा दुई जनालाई बाहिरै राखेर अनुसन्धान गरिने। सीआइबीले लिएन माधव बाबुरामको बयान..


ललिता निवास प्रकरणमा पक्राउ परेका दुई जनालाई रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। केन्द्रिय अनुसन्धानका ब्युरो ( सीआइबी) ले पक्राउ परेकाहरुलाई थुनामा राख्न अनुमती माग्न बुधवार जिल्ला अदालतमा उपस्थित गरेको थियो।

सीआइबीले थुनामा राख्न अनुमती माग गरेको भएपनी जिल्ला अदालतले भने दुईजनालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्ने गरि रिहा गर्न आदेश दिएको हो। अदालतले मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरी
घिमिरेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न लागेको हो। उनिहरु दुवैलाई उमेर र स्वास्थ्यका कारण थुनाबाहिर राख्न आदेश दिएको छ।

यो प्रकरणमा पक्राउ परेका अन्यलाई भने पाँच दिन थुनामा राख्न आदेश दिएको छ। ललिता निवास प्रकरण मा अनुसन्धानका गरिरहेको सीआइबीले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ। अनुसन्धान सकिनेबितिकै सीआइबीले सरकारी वकिलको कार्यालयमा अनुसन्धानको प्रतिवेदन पेस गर्नेछ।त्यसपछि सरकारी वकिलको कार्यालयले मुद्दा अभियोजन गर्नेछ।

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराई दुबैलाई बयान लिन सर्वोच्चले आदेश दिइसकेको छ।तर सीआइबीले अहिलेसम्म कुनै बयान लिएको छैन।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!