Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

सन लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो। कति कित्तासम्म आवेदन दिन सकिन्छ त..?


सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले श्रावण ३२ गतेदेखी सर्वसाधारणका लागि प्राथमिक सेयर(आइपिओ) निष्कासन गरेको छ।

कम्पनीले वैदेशिक रोजगारमा रहेकाहरुलाई आइपिओ बाँडफाँड गरेपछी सर्वसाधारणका लागि आवेदन खुल्ला गरेको हो।
कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा १३९ रुपैयाँ प्रीमियमसहित प्रतिकित्ता २३९ रुपैयाँमा आइपिओ निस्कासन गर्ने अनुमती पाएको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३अर्व २० करोड बराबरको ३करोड २० लाख कित्ताको ३० प्रतिशतले हुन आउने जम्मा ९६ लाख कित्ता साधारण सेयरका लागि छुटाइएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि सर्वसाधारणकै मूल्यमा आइपिओ जारी गरेको छ। कम्पनीले ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिसकेको छ। बाँकी रहेको ७६ लाख ८० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सकिनेछ।
यस कम्पनीको आइपिओमा श्रावण ३२ देखि भाद्र ४ गतेसम्म आवेदन दिन सकिन्छ। कम्पनीको सेयरमा कम्तीमा १० र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीले आइपिओ निस्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ` केयर एन पी त्रीपल बी इस्युअर रेट्ङ´ प्रदान गरेको छ। यस्ले इन्स्योरेन्स कम्पनी वित्तिय दायित्व बहन गर्न सक्ने औसत स्तरको कम्पनी रहेको भन्ने बुझाउछ।

कम्पनीको आइपिओ निस्कासन र बिक्री प्रबन्धकमा नेपाल एचबीआई मर्चेन्ट बैंकलाई रहेको छ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज, शेयरबजार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!