Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

नागरिक उड्डयनले प्राधिकरणले अन्नपूर्ण टावर भत्काउने तयारी। स्वीकृति नलिई बनेका संरचनाहरु प्राधिकरण ऐन विपरित ठहर हुनेछ


पूर्वस्वीकृतिबिना नै ठड्याएको  भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंको तिनकुनेस्थित अन्नपूर्ण टावर भत्काउने तयारी गरेको छ।

प्राधिकरणले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरका भौतिक संरचनाको अध्ययन गर्ने क्रममा स्वीकृतीबिना नै सो टावर ठड्याएको प्रष्ट भएको हो।

प्राधिकरण ऐन २०५३ को दफा ७ को( घ) बमोजिम अन्नपूर्ण टावर सन्चालकलाई किन कारवाही नगर्ने भनेर तीनदिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको प्राधिकरणका निर्देशक बाबुराम पौडेलले बताए।
तिनदिन भित्र टावर सन्चालकहरुले सो बारेको स्पष्ट जवाफ दिनुपर्नेछ।

नागरिक उड्डयन प्राधिकरण ऐनको दफा ७को खण्ड ( ग ) बमोजिम तोकिएको सर्त बन्देजमा उल्लेखित उचाइभन्दा बढीको टावर, घर, भवन, लठ्ठा बनाउन र सो विमानस्थल परिसरका रुख बिरुवा काट्न र अग्लाअग्ला रुख राख्न समेत नपाइने कानुनी प्रावधान छ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!