Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

आठ वटा सवारीसाधन ठोक्किदा २० जना घाइते ७ को अवस्था गम्भीर


पूर्व पश्चिम राजमार्गस्थित टिकौली जंगलमा ८ वटा सवारीसाधन एक-अर्कामा ठोक्किदा २० जना घाइते भएका छन् ।
नवलपुरको गैंडाकोटस्थित अक्स्फोर्ड कलेजको ना. १ क ६१३१ नम्बरको स्कुल बसले विपरीत दिशाबाट शव बोकेर आउँदै गरेको ना. २ च ८४४६ नम्बरको बोलेरो बा.प्र.०६-००१प ९९८१, बा.प्र.०३-००५ प ९७, ना६२ प ६०३२, बा.प्र.०३-००१ प ४१४७  नम्बरका मोटरसाइकल, बा.प्र.०६-००१प २२९४ र ब.प्र.०३-००२प ४१९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा चितवनको खैरहनी–४ का कृष्णबहादुर तामाङ, खैरहनी–१का जितबहादुर तामाङ, रत्ननगर-१४ का कुसुमबहादुर राना, रत्ननगर-१४ का सुरेश श्रेष्ठ, रत्ननगर-९ का किशोर तामाङ, रत्ननगर-१४ का डोलबहादुर कार्की र मकवानपुर हेटौंडा-१४ का महोन तामाङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पाण्डितले बताउनुभएको छ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। ७ जनालाई पुरानो मेडिकल कलेज र १ जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको डिएसपी पाण्डितले बताए।

बसका चालक नवलपुर गैंडाकोटका २६ बर्षीय आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!