Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

एसइई उत्तिर्ण शेर्पा विद्यार्थीलाई नेपाल शेर्पा विद्यार्थी संघले सम्मान गर्ने


काठमाडौं । नेपाल शेर्पा विद्यार्थी संघले एसइई परीक्षा उत्तिर्ण गर्ने देश भरीका शेर्पा विद्यार्थीहरूलाई सम्मान तथा उच्च शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श प्रदान गर्ने भएको छ। यही श्रावण १३ गते बौद्ध रामहिटीमा शिक्षा मन्त्री अशोक राईको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको छ ।

उच्च शिक्षा अध्यन गरिरहेका शेर्पा विद्यार्थीहरुका लागि शैक्षिक परामर्श, मानसिक स्वास्थ्य सचेतना र शेर्पा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने मुख्य उद्देश्यका साथ ‘SEE Felicitation, +2, BACHELOR Motivation, Career counselling, Mental Health Awareness & Sherpa Students Talent Show -2080’ आयोजना गरिएकाले कार्यक्रमबाट विद्यार्थी, अभिभावक र शैक्षिक संस्था, विद्यालय, कलेजहरुले लाभ लिन सकिने नेपाल शेर्पा विद्यार्थी संघका केन्द्रीय सचिवालय सदस्य सोनाम शेर्पाले जानकारी दिए ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!