Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन


सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो । “मनाङ् एयरको हेलिकोप्टर सम्पर्कबिहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ”, उहाँले भन्नुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : प्रविधी, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!