Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

प्रधानन्यायाधीश विरुद्धको महाभियोग ६ महिनापछि अघि बढ्दै


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव ६ महिनापछि अघि बढाइने भएको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्ययूचीमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगबारे छलफल हुने उल्लेख छ ।

प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराउनुभएको थियो।

संसद्मा छलफलपछि महाअभियोग समितिमा पठाइनेछ । समितिले निलम्बित प्रधानन्यायाधीश राणासँग वयान लिनसक्नेछ ।

महाभियोग दर्ता भएसँगै फागुन २२ गतेको प्रतिनिधिसभा बैठकले महाभियोग सिफारिस समिति गठन गरेको थियो । समितिमा काङ्ग्रेसबाट मीनबहादुर विक, रामबहादुर विष्ट, माओवादीबाट यशोदा सुवेदी र रेखा शर्मा हुनुहुन्छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का रहँदा जसपाबाट प्रमोद साह, लोसपाबाट एकवाल मियाँ रहनुभएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल हुनुहुन्छ ।


क्याटेगोरी : समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!