Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

बाथरोग उपचारमा संलग्न संस्था र पीडितलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री बस्नेत


नेशनल बाथरोग सेन्टरले ‘बाथरोगको जनचेतना घरघरमा पुर्‍याउँ, सामाजिक उत्तरदायित्व पूरा गरौँ’ भन्ने नाराका साथ आज आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ ।

काठमाडौँ, ललितपुर, पोखरालगायतका आठ स्थानबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो सेन्टरले अब थप सात स्थानमा सेवा बिस्तार गरी बाथरोगको उपचार गर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आज यहाँ सेन्टरको वार्षिकोत्सव उद्घाटन गर्दै औषधोपचारसहित जनचेतना जगाएर बाथरोग पीडितका पक्षमा सक्रियरूपमा खटिने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सक्दो सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

जनताको मौलिक अधिकारका रूपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री बस्नेतले स्वस्थ आहारविहार र जीवनशैली अपनाइ रोग लाग्न नदिनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले काठमाडौँसहित मुलुकका प्रमुख आठ सहरबाट सेवा प्रवाह गर्दै आएकामा अब थप सात वटा सहरमा सेवा बिस्तार गरिने जानकारी दिनुभयो । उहाँले अहिले काठमाडौँबाट दैनिक दुई सय  बिरामीलाई उपचार गराउँदै आएकामा सेवा बिस्तारपछि छ सय जनाको उपचार गरिने जानकारी दिनुभयो ।

बाथरोग विशेषज्ञ विनित वैद्यले विश्वस्वास्थ्य सङ्गठनका अनुसार नसर्ने रोगअन्तर्गतको बाथरोगबाट १० प्रतिशत जनता प्रभावित हुने भएबमोजिम नेपालमा करिब ३० लाख जनता यस रोगबाट प्रभावित हुनसक्ने बताउँदै त्यसको आधा जनसङ्ख्यामात्र स्वास्थ्योपचारका क्रममा आएका छन्, भन्नुभयो । सो अवसरमा अस्पतालमा स्थापनाकालदेखि कार्यरतसहित वर्ष उत्कृष्ट जनशक्तिलाई पुरस्कृत गरिएको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!