Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

बाटो भत्किँदा १७ बालबालिकासहित १८ जना घाइते


क्यानडाको मध्य क्षेत्रमा रहेको अग्लो पदमार्गबाट खसेर बुधबार १७ जना बालबालिकासहित १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विन्निपेगको सेन्ट बोनिफेस क्षेत्रको फोर्ट जिब्राल्टरमा स्थानीय समयअनुसार बिहान १० बजेभन्दा केही समयअघि सेन्ट जोन्स–रेभेन्सकोर्ट विद्यालयका १० देखि ११ वर्ष उमेर समूहका बालबालिका ‘फिल्ड ट्रिप’मा गएका बेला दुर्घटना भएको थियो ।

पाँच मिटर अग्लो पदमार्ग भत्किँदा केही बालबालिका सोझै खसेका थिए भने अन्य चिप्लिएका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरा उन्मुख रहेको अस्पताल स्रोतले बताएको छ ।

सिटी अफ विन्निपेगका प्रवक्ताले निरीक्षकहरू घटनास्थलमा उपस्थित हुने र प्रान्तीय कार्यस्थलको सुरक्षा र स्वास्थ्य जाँच गरिने बताएका छन् ।

“हाम्रो रेकर्डहरूको प्रारम्भिक खोजीले सन् २००४ र २०१४ मा उक्त पैदल मार्गको मर्मत गरिएको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!