Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु


भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो ।

सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन  आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गर्नुहुनेछ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!