Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

अतिउच्च जोखिममा मेलम्चीकाे तटीय क्षेत्र, सतर्कता अपनाउन आग्रह


सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते,धाप र आसपास ठुलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो ३–६ घण्टा ठुलो वर्षा मापन गरिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

पहिरोले भोटेचौर काउले सडक अवरुद्ध

सिन्धुपाल्चोकको मेलम्ची नगर पालीका वडा २ निबु गाँउमा गएराति पहिरो गएको छ । राति सवा दश बजे गएको पहिराले भोटेचौर– काउले सडक अवरुद्ध भएको छ । पहिरोका कारण केही घर जोखिममा परेको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेका स्थानीयहरू सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!