Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

‘मुलुकलाई राजनीतिक निकास दिन चौधरीको रिहाइ’


सङ्घीय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू देशलाई राजनीतिक निकास दिन रेशम चौधरीलाई रिहा गरिएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै कहिलेकाहीँ केही अप्रिय लाग्ने घटनाको बाध्यात्मक अवस्था आएको कारणले मुलुकलाई निकास दिनका लागि रिहाइको निर्णय गरिएको स्पष्ट पार्नुभयो ।

मन्त्री लिम्बूले थरुहट आन्दोलनका समयमा चौधरी संलग्न थियो कि थिएन यो महत्वपूर्ण भएको हो भन्दै यसैका आधारमा सरकारले निर्णय गरेको जानकारी दिनुभयो । उहाँले उक्त घटनामा परिवारका सदस्य गुमाएका परिवारलाई पुगेको दुःख अनुभव गरेको भन्दै पूर्ववर्ती सरकारले समेत चौधरीलाई छोड्ने तयारी गरेको अवस्थामा वर्तमान सरकारले कार्यान्वयन मात्र गरेको बताउनुभयो ।

मन्त्री लिम्बूले युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा पार्नका लागि समयानुकूल ऐन नियम परिमार्जन गरी अगाडि बढ्ने धारणा राख्नुभयो । उहाँले ठूलो युवा समूहसँग जोडिएको यो मन्त्रालयलाई आगामी दिन सुधार गरी लैजाने स्पष्ट पार्नुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!