Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

एक हजार पाँच सय जलवायु अभियन्ता पक्राउ


जलवायु परिवर्तनका कारण विश्वभर पर्ने नकारात्मक असरबारे चेतना फैलाउँदै आएको जलवायु अभियन्ताको विशाल समूह पक्राउ परेको छ ।

नेदरल्याण्ड्सको द हेगमा शनिबार भएको प्रदर्शनमा करिब एक हजार छ सय जलवायु अभियन्ता पक्राउ परेका थिए । विलुप्त विद्रोह जलवायु समूहका एक हजार पाँच सय ७९ जनालाई पक्राउ गरिएको डच प्रहरीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

जीवाश्म इन्धन अनुदानविरुद्ध सहरको बीचमा यातायात अवरुद्ध गरेपछि प्रदर्शनकारीलाई  तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरिएको थियो । तर उनीहरू टसकोमस नभएपछि पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये १,५७९ ४० जनालाई तोडफोडलगायत आरोपमा मुद्दा चलाइने अधिकारीहरूले बताएका छन् ।

धेरै डच सेलिब्रेटी प्रदर्शनीमा सामेल भएका र उनीहरू पक्राउ परेका कैरिस भ्यान हौटेन, हिट टिभी शृङ्खला गेम अफ थ्रोन्समा मेलिसान्ड्रेको भूमिकाका लागि परिचित, अल जजीराको समाचारमा जनाइएको छ । ती सेलिब्रेटीमध्ये केहीलाई हिरासतमुक्त गरिएको थियो । कारबाहीमा परेका सेलीब्रेटीबारे केही विवरण दिइएको छैन ।

उक्त समूहको अगुवाईमा यसअघि पनि यस्ता विरोध प्रदर्शन हुने गरेका थिए तर यति धेरै सङ्ख्यामा अभियन्ताहरू पक्राउ परेका थिएनन् । वातावरणीय अभियान समूहले हालैका वर्षहरूमा सडकमा अवरोध खडा गरेर मिडियाको ध्यान आकर्षित गरेको छ । गत महिना लण्डनमा पनि यस्तै प्रदर्शन भएको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, विश्व, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!