आजदेखि मतदाता नामावली सङ्कलन नहुने

काठमाडौं । आजदेखि मतदाता नामावली सङ्कलन नहुने निर्वाचन आयोगले जनाएको छ ।
हिजोको मन्त्रिपरिषद् बैठकले सङ्घ र प्रदेशको निर्वाचन आउँदो मङ्सिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले आजदेखि नामावली सङ्कलनको काम रोकेको हो । तर अनलाइन आवेदन दिएकाहरूले भोलिसम्म औठा छाप र फोटो भने खिचाउन पाउने आयोगले प्रष्ट पारेको छ ।
आयोगले असार १ गतेदेखि प्रदेश र सङ्घको निर्वाचनका लागि मतदाता नामावली सङ्कलन गरिरहेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया