Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

विद्युत् चुहिएर घरमा आगो लाग्दा २० लाख बराबरको क्षति


ताप्लेजुङमा आज भएको आगलागीबाट एक घर जलेर नष्ट हुँदा करिब रु २० लाख बराबरको क्षति भएको छ । फुङ्लिङ नगरपालिका–८ का पदमसुन्दर पालुंवाको घर जलेर नष्ट हुँदा करिब रु २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय महामन्त्रीसमेत रहनुभएका पालुंवाको कच्ची तीनतले घरमा आगो लाग्दा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, गरगहना, नगद रु ९० हजारसहितका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अचानक भएको आगलागी समयमै नियन्त्रणमा नआएकाले पूर्णरूपमा घरसहित घरभित्र रहेका सामान जलेर नष्ट भएको हो । नेपाल प्रहरीसहित स्थानीयको सहायतामा करिब एक घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!