Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

सवारी दुर्घटनामा बालकको मृत्यु


ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका–६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङको मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन गुरुङले जानकारी दिनुभयो ।

सवारी चालक फुङलिङ–६ का कृष्णमान गुरुङ भने घाइते हुनुभएको छ । उहाँको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरी प्रमुख गुरुङले बताउनुभयो । दुर्घटनामा घाइते हुनुभएका अंशुमानलाई जिल्ला अस्पताल पु¥याउनासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । गाडी अनियन्त्रित भई पल्टिएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!