Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

अमेरिकी सभामुख ताइवानबाट फर्किएलगत्तै चीनले थाल्यो सैन्य अभियान


अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘पीएलए (चिनियाँ जनमुक्ति सेना)ले ताइवानको आसपास एक संयुक्त सैन्य अभियान सुरु गरेको छ । चीन आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षा दृढताका साथ गर्दछ ।’

चीनले ताइवानको सिमानाभन्दा १६ किलोमिटर मात्रै टाढाको समुद्री क्षेत्र वरपर सैन्य अभ्यास थालेको र यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ ।

ताइवानले २७ वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको बताएको समाचार एजेन्सी एएफपीले जनाएको छ । ती चिनियाँ लडाकु विमानलाई चेतावनी दिनका लागि आफूले पनि लडाकु विमान उडाउनु परेको ताइवानले जनाएको छ ।

जी–७ देशहरुको समूहले चीनको सैन्य अभ्यास जायज नभएको टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी सभामुख पेलोसीले गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन् । उनी त्यहाँबाट बुधबार फर्किएकी थिइन् । चीनले पेलोसीको भ्रमणको आलोचना गर्दै आएको छ ।

सन् १९४९ मा कम्युनिस्टहरूले मुख्य भूमिमा गृहयुद्ध जितेपछि ताइवान र चीन छुट्टिएका थिए । ताइवानमा स्वायत्त शासन रहे पनि चीनले आफ्नो देशबाट चोइटिएर गएको आफ्नो प्रान्तको रूपमा व्यवहार गर्छ । ताइवान पुन: चीनकै भूभाग हुनुपर्नेमा चीनको जोड रहँदै आएको छ ।


क्याटेगोरी : विश्व

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!