पेलोसीको ताइवान भ्रमण त्यस क्षेत्रको स्थिरताको लागि हानीकारक : चिनियाँ विदेश मन्त्रालय

चीनले अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गर्दै यो भ्रमणले उक्त क्षेत्रको स्थिरताका लागि हानीकारक भएको जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयले चीनका लागि अमेरिकी राजदूतलाई बोलाएर चीन चुप नबस्ने बताएको हो ।
यसैबीच, सभामुख पेलोसीले आज बिहान ताइवानका राष्ट्रपति साइ इङ्ग वेनसँग भेट गर्नु भएको , त्यहाँको समाचार संस्थालाई उदृत गर्दै बिबिसीले जनाएको छ ।
गए राति अमेरिकी वायुसेनाको जहाजमा ताइवानको राजधानी ताइपेई पुग्नुुभएकी सभामुख पेलोसीले ताइवानका जनतालाई अमेरिकी ऐक्यबद्धताको खाँचो रहेको बताउनु भएको छ ।
ताइपेइ पुुगेको केहीबेरमा ट्विट गर्दै पेलोसीले आफ्नो प्रतिनिधि मण्डलको ताइवान भ्रमणले ताइवानको गतिशील प्रजातन्त्रलाई सहयोग गर्ने अमेरिकी प्रतिविद्धताको सम्मान भएको बताउनु भएको हाे ।
ताइवानलाई आफ्नो अभिन्न अङ्ग दाबी गर्दै आएको चीनको चेतावनीका बीच गए राती सभामुख पेलोसी ताइपेई पुग्नुभएको हाे ।
क्याटेगोरी : विश्व
प्रतिक्रिया